Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • मोदीसँगको भेटमा ईपीजीको विषय उठ्दै उठेन‚ माहोल बिगार्नतिर लागिएन : प्रधानमन्त्री प्रचण्ड

    मोदीसँगको भेटमा ईपीजीको विषय उठ्दै उठेन‚ माहोल बिगार्नतिर लागिएन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 633
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदनको विषय उठाएर माहोल बिगार्नतर्फ आफू नलागेको बताएका छन् ।

    भ्रमणकै क्रममा शुक्रबार बिहान पत्रकारहरूसँग भएको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले ईपीजीको विषय उठाएको भए महोल बन्नेभन्दा थप बिग्रनसक्ने स्थिति आफूले देखेकाले त्यसलाई उठाएर माहोल बिगार्नतर्फ नलागेको बताए ।



    राम्रा काम अघि बढाउँदै गएपछि ईपीजीको विषय पनि सम्बोधन हुनेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार