एजेन्सी । वायुसेना एकेडेमीको स्नातक समारोहमा डिप्लोमा हस्तान्तरण गर्ने क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन लडेका छन् ।
कोलोराडोमा आयोजित सो कार्यक्रममा उनी लडेका हुन् ।
उमेरले ८० वर्ष पुगेका सबैभन्दा वृद्ध राष्ट्रपति हात मिलाउने क्रममा खुट्टा फर्किदा लडेका थिए, उनलाई तुरुन्तै सुरक्षाकर्मीले मद्दत गरेर उठाएका थिए।
सो कार्यक्रममा उपस्थित ९ सय ८१ स्नातक क्याडेटहरू प्रत्येकसँग हात मिलाउन राष्ट्रपति करिब डेढ घण्टा उभिएका थिए ।
Leave a Reply