Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • नक्कली शरणार्थी प्रकरण : आज पूर्व गृहमन्त्री खाँणसहित तीन जनाको बयान लिइँदै

    नक्कली शरणार्थी प्रकरण : आज पूर्व गृहमन्त्री खाँणसहित तीन जनाको बयान लिइँदै

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 873
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये अब तीन जनाको मात्रै बयान लिइन बाँकी रहेको छ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित बाँकीको बयान आज लिइन लागिएको हो ।

    पूर्व गृहमन्त्री बालकृष्ण खाँण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीवार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान लिन बाँकी छ ।



    बिहीवार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ३ जनाको बयान भएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्व उपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बयान लिइएको थियो ।



    नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा लिन थालिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार