Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण : के के छन् तेस्रो दिनको कार्यक्रम ?

    प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण : के के छन् तेस्रो दिनको कार्यक्रम ?

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 930
    SHARES

    काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज तेस्रो दिन मध्यप्रदेशको उज्जैनमा महाकालेश्वरको पूजाअर्चना गर्दै छन् । त्यसपछि उनी इन्दोर प्रस्थान गर्ने कार्यसूची छ ।

    आजै प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशका राज्यपालसँग भेटघाट गर्ने कार्यक्रम छ ।



    यसअघि हिजो प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । हिजै उनले राजघाटस्थिल महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका थिए ।



    केही परियोजनाको उद्घाटनसमेत गरेका थिए । प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गरेका थिए ।
    भ्रमणको चौथो दिन भोलि ४ः२० बजे दिल्लीबाट प्रधानमन्त्री प्रचण्ड स्वेदश फिर्ता हुने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार