काठमाडौं । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय एयरलाइन्स कम्पनीलाई भैरहवा र पोखरामा उडान गर्न आग्रह गरेका छन् ।
नयाँ दिल्लीमा नेपाल र भारतका व्यापारीहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उनले अन्तर्राष्ट्रिय उडानका लागि भैरहवा र पोखरामा पूर्वाधार तयार भइसकेकाले भारतका विभिन्न सहरबाट उडान भर्न आह्वान गरे ।
उनले नेपाल लगानीका लागि उर्वरभूमी रहेको भन्दै विभिन्न क्षेत्रमा लगानी गर्न भारतीय व्यापारी समूहलाई अपील गरे ।
उनले त्यसका लागि नेपाल सरकारले लगानीको सुरक्षा र करलगायतका कुरामा छुट दिने पनि घोषणा गरेका छन् ।
Leave a Reply