Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • आज असार २८ गते आइतवारको राशिफल

    आज असार २८ गते आइतवारको राशिफल

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 2.1K
    SHARES

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज उमङ्ग र उत्साहमाकमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वस्थयको ख्याल गर्नु पर्ला, अत: बढी सचेत रहनुहोला ।



    मिथुन



    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस होला । कार्य सम्पादनमा समस्या र झमेला बेहोर्नु पर्नेछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा उत्साहका साथै बोली विक्ने समयछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मानो वांछित खनेकुरा पाईनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । अध्यात्मको भावना जाग्न सक्छ ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । आफन्तको सङ्गतले फाइदा हुनेछ ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम सम्पादन हुन सक्छ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफन्तसंग भेटघाट हुनेछ ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । सबैले तपार्इंको काममा कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन् ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सामाजिक कार्यप्रति मन जानेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । आज परिवार संग समय बित्ने, मायाँ बढ्नेछ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज लाभदायक योजना बन्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । – ज्यो.प. नारायणप्रसाद दुलाल

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार