काठमाडौं । भ्रष्टाचारको मुद्दा लागेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डाक्टर बलभद्रप्रसाद दास दोषी ठहर भएका छन् ।
विषेश अदालत काठमाडौंका न्यायाधीशद्वय बलभद्र वास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले बिहीबार पूर्व उपकुलपति दाससहित ३ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको हो ।
उनीहरुलाई जनही १ वर्ष कैद र २५ हजार रुपैंया जरिवाना गरेको विषेश अदालतले जनाएको छ । दाससहित अरविन्दकुमार सिन्हा र नन्दकुमार थापालाई इजलासले दोषी ठहर गरेको छ । अन्य ५ प्रतिवादीले भने सफाइ पाएको बताइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकरण तथा सेवा खरिदमा भ्रष्टाचार गरेको दाबीसहित ८ जनाविरुद्ध २०७६ साल असार ३० गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
Leave a Reply