Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • दुईवटा पेट्रोलियम पाइपलाइन र डिपो निर्माणका लागि १७ अर्ब लगानी गर्दै भारत

    दुईवटा पेट्रोलियम पाइपलाइन र डिपो निर्माणका लागि १७ अर्ब लगानी गर्दै भारत

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 630
    SHARES

    काठमाडौं । भारतले नेपालमा पेट्रोलियम पाइपलाइनको विस्तार र पेट्रोलियम भन्डारण डिपो निर्माण गर्ने भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चारदिने भारत भ्रमणमा बिहीबार यी परियोजना निर्माणका लागि सम्झौता भएको हो ।



    यी परियोजना निर्माणको लागि भारतले १७ अर्ब बढी लगानी गर्ने छ ।



    परियोजनाअन्तर्गत भारतको सिलगुडिदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन विस्तार हुने छ भने झापाको चारआलीमा पेट्रोलियम भन्डारणका लागि डिपा निर्माण गरिने छ ।

    यस्तै, भारतको मोतिहारीदेखि नेपालको अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म विस्तार गर्ने सम्झौता भएको छ ।

    सम्झौता कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भारत सरकारले अनुदानमा दुई पेट्रोलियम पाइपलाईन र एक टर्मिनल निर्माण गर्ने सम्झौता भएको बताएका हुन्।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भने दुई देशबीचको संयुक्त प्रयासमा पहिलोपटक मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सफल भएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार