काठमाडौं । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माण गर्न नेपाल र भारतबीच सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा उक्त परियोजना निर्माणको जिम्मा भारतलाई दिने सहमति भएको हो ।
उक्त सम्झौतामा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारी पत्र साटासाट गरे ।
तल्लो अरुण र कर्णाली जलविद्युत आयोजना निर्माणको पनि जिम्मा भारतीय कम्पनीलाई दिईएको छ ।
Leave a Reply