काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।
नेपाल र भारतका प्रधानमन्त्रीसहित प्रतिनिधिमण्डबीचको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।
भारत नजिकको छिमेकी मात्रै नभएर व्यापारको समेत ठुलो साझेदार भएको उल्लेख गर्दै भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न आफू आतुर रहेको बताए ।
प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई हिमालको जस्तै उचाइ दिने काम भइरहेको भन्दै सीमा विवाद समाधान हुने बताए।
Leave a Reply