Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपालगञ्ज सुख्खा बन्दरगाहको संयुक्त उद्घाटन

    नेपालगञ्ज सुख्खा बन्दरगाहको संयुक्त उद्घाटन

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 864
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालगञ्ज सुख्खा बन्दरगाहको उद्घाटन गरेका छन् ।

    भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र मोदीले संयुक्त पत्रकार सम्मेलन गर्दै उद्घाटन गरेका हुन् ।



    करिब १५ वर्ष अघि देखि भारत सरकारको सहयोगमा निर्माणाधिन सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको हो ।



    दुई देशका प्रधानमन्त्रीले दिल्लीबाट उद्घाटन गरेसँगै भारततर्फबाट नेपाल आएका कन्टेनर नेपाली सुख्खा बन्दरगाह प्रवेश गरेका छन् ।

    नेपाल भित्रिएका कन्टेनरलाई सुख्खा बन्दगाहको सञ्चालन तथा व्यवस्थापन गर्ने कार्यलय नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीहरुले स्वागत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार