Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • म्याग्दी पहिरोमा मृत्यु हुनेको संख्या २० पुग्यो, जम्बुमा हराएका २० जना अझै भेटिएनन् (अपडेट)

    म्याग्दी पहिरोमा मृत्यु हुनेको संख्या २० पुग्यो, जम्बुमा हराएका २० जना अझै भेटिएनन् (अपडेट)

    अनलाइन नेपाल
  • शनिबार, २७ असार २०७७
  • 3.1K
    SHARES

    बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाटको सिमानास्थित रघुगङ्गा नदीमाथिको बाढीले पल्टाएको पुल।

    काठमाडौं । हिजो (शुक्रबार) म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा गएको पहिरोमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ भने १३ जना अझै वेपत्ता छन् ।

    नेपाल प्रहरी र सेनाको संयुक्त टोलीले बेपत्ताहरुको खोजी गर्ने क्रममा २० जनालाई मृत अवस्थामा फेला पारेको हो भने ३ जनाको जिवितै उद्धार गरिएको छ ।



    घाइतेहरुलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि बेनी अस्पताल र पोखरा मणिपाल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । अन्य बेपत्ताहरुको खोजी जारी रहेको पनि प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी गराएका छन् ।



    प्रहरीका अनुसार पहिरोमा परी मृत्यु हुनेहरुमा धौलागिरी गाउँपालिका मराङका १२ जना, मालिका–७ बिमका ८ र रघुगंगा–६ ठाडाखानीका १ जनाको शव भेटिएको म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ कुँवरले जानकारी दिएका हुन् ।

    धौलागिरी गाउँपालिकाका तुलबहादुर केसी, सुकुना लामगादे, आशिष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र प्रकाश केसी रहेका छन् ।

    त्यसैगरी मालिका गाउँपालिकाका गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, उनका ३ महिनाका छोरा, विष्णु नेपाली, सन्दीप नेपाली, निशा नेपाली र विष्णु पौडेल रहेका छन् ।

    यसैबीच पहिरोमा परि बेपत्ता हुनेहरुमा मालिका–६ की गीता रोका, कल्लेनीका ५१ वर्षीया जनिमा केसी र १६ वर्षीय सबिन पुन, मराङमै ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीया रितुकुमारी जुग्जाली, ८ वर्षीय कञ्चन जुग्जाली, ५ वर्षीय अर्जुन जुग्जाली, १० वर्षीया करिस्मा जुग्जाली, ५५ वर्षीया गौशरा जुग्जाली, हिराकुमारी जुग्जाली, २१ वर्षीया दिमा जुग्जाली, ३ वर्षीया दिप्ती जुग्जाली र १ वर्षीय दिवन जुग्जाली रहेको प्रहरीले जनाएको छ ।

    पहिरेमा उच्च भएका २२० जनालाई सुरक्षित स्थानमा सारिएको छ । रघुगंगा गाउँपालिका ३ गलेश्वर राहुँघाट खोला नजिकका २१ घर धुरीका ८५ जनालाई गायत्री मन्दिरमा, धवलागिरी गाउँपालिका ६ कल्लेनी जहरेका ८९ जनालाई धौलागिरी ७ शिवाङ्गस्थित हेम माध्यमिक विद्यालयमा ५० जना र अन्य २९ जनालाई आफन्तको सारिएको छ । यस्तै मालिका गाउँपालिका–५ र ६ का ९ घरका ४६ जनालाई जनप्रिय माध्यमिक विद्यालय दरबाङमा सारिएको प्रहरीले बताएको छ ।

    यसैबीच सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बुमा बुधबार राति गएको बाढीपहिरोले बेपत्ता भएका २० जना अझै भेटिएका छैनन् । लगातारको वर्षाले सडक अवरुद्धका कारण उनीहरूको खोजीमा कठिनाइ भइरहेको छ । राजधानीबाट गएका २५ जनाको उद्धारटोलीसहित सुरक्षाकर्मीले बेपत्ताहरूको खोजी गरिरहेको भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

    शुक्रबार बिहान आएको बाढीपहिरोबाट भोटेकोशी गाउँपालिकाको लार्चामा बेपत्ता भएका एक व्यक्ति स्थानीय ४० वर्षीय नाङचे मगरको भने जीवितै उद्धार गरिएको छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार