Online Nepal
  • मंगलबार, १६ पुष २०८१
  • एसिया कप क्रिकेट आयोजना गर्न श्रीलंकाको प्रस्ताव

    एसिया कप क्रिकेट आयोजना गर्न श्रीलंकाको प्रस्ताव

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 579
    SHARES

    काठमाडौं । एसिया कप-२०२३ क्रिकेट आयोजना गर्नका लागि श्रीलंकाले प्रस्ताव गरेको छ । पाकिस्तानले पनि आयोजना स्थल सार्न नमानिरहेका बेला श्रीलंकाले एसिया कप आयोजनाका लागि प्रस्ताव गरेको हो ।

    एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने तय भए पनि भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गर्दा अनिश्चित भएको छ । सोमबार श्रीलंका क्रिकेट बोर्डले एसीसीले स्वीकृति दिए एसिया कप आयोजना गर्न आफूहरु तयार रहेको बताएको छ ।



    श्रीलंका क्रिकेट छोटो नोटिसको आधारमा एसिया कप आयोजना गर्ने तयारीमा छ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनलको अवसरमा भएको छलफलमा बीसीसीआई, श्रीलंका, बंगलादेश र अफगानिस्तान क्रिकेट बोर्डले एसिया कप एउटै स्थलमा आयोजना हुनुपर्नेमा सहमति जनाएका थिए ।



    तर, आयोजना स्थल भने तोकिएको छैन । पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तान र यूएई दुई स्थानमा प्रतियोगिता आयोजनजा गर्ने हाइब्रिड मोडल प्रस्ताव गरेको थियो ।

    तर, भारतीय क्रिकेट बोर्डले यसलाई अस्वीकार गर्दै आएको छ । एसिया कपमा भारत र पाकिस्तानसँगै नेपाल पनि एकै समूहमा छ । वैशाखमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल एसिया कपमा छनोट भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार