Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • भारत जानुअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपति, गराए चारदिने भ्रमणबारे जानकारी

    भारत जानुअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपति, गराए चारदिने भ्रमणबारे जानकारी

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 864
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण अघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

    भेटमा प्रधानमन्त्री प्रचण्डले आजबाट हुने आफ्नो चार दिने भारत भ्रमणबारे जानकारी गराएका हुन् ।



    सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार चारदिने भारत यात्रामा निस्कँदै छन् । गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो ।



    मन्त्रिपरिषद्ले स्वीकृत गरेअनुसार भारत भ्रमण टोलीमा पाँच मन्त्री भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाल तथा प्रधानमन्त्रीकी स्वकीय सचिवसमेत रहेकी प्रचण्डकी छोरी गंगा दाहाललगायत सहभागी हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार