एजेन्सी । उत्तर कोरियाले अन्तरिक्षमा प्रक्षेपण गर्न तयार पारेको भू–उपग्रह समुद्रमा खसेको छ ।
सैनिक निगरानीसँग सम्बन्धित भू–उपग्रहमा खराबी देखिएपछि समुद्रमा खसेको हो ।
भू–उपग्रह प्रक्षेपणपछि जापान र दक्षिण कोरियाले छोटो समयका लागि आफ्ना नागरिकलाई सुरक्षित ठाउँमा आश्रय लिन भनेका थिए ।
दक्षिण कोरियाको सेनाले रकेट उडिरहेको समयमा नै टुक्रा टुक्रा भएको वा रेडारबाट पर गइसकेपछि क्षतिग्रस्त भएको हुनसक्ने उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।
Leave a Reply