एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनले रुसलाई तर्साउन खोजेको दाबी गरेका छन् ।
मंगलबार मस्कोमा भएको ड्रोन आक्रमणप्रति प्रतिक्रिया दिँदै पुटिनले रुसी जनतालाई निशाना बनाएर तर्साउन खोजेको आरोप लगाएका हुन् ।
उनले रुसी प्रतिरक्षा प्रणालीले युक्रेनी आक्रमणलाई निस्तेज बनाएको पनि बताए । रुसी रक्षा मन्त्रालयले भने युक्रेन मस्कोमा निशाना बनाउँदै आठ वटा ड्रोन आक्रमण गरेको तर, त्यसबाट केही भवनमा सामान्य क्षति मात्रै भएको जनाएको छ ।
रुसी बिदेश मन्त्रायलये पश्चिमी राष्ट्रहरुको समर्थनमा युक्रेनी नेतृत्वले आतंककारी र आपाराधिक गतिविधि बढाएको आरोप लगाएको छ ।
तर, युक्रेनले भने आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ । आक्रमणमा कोही घाइते भएकोबारे जानकारी प्राप्त नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
Leave a Reply