बाँके । बाँकेमा यात्रुवाहक बस र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्व जाँदै गरेको मे १ ख ३३३५ नम्बरको बस र पूर्वबाट पश्चिम जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार मंगलबार राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगन्ज पोष्टको मुगवा खोला नजिक ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार दुर्घटनामा कार चालक गोरखा जिल्लाका ३७ वर्षीय शुभाष अधिकारी र बुटवलकी ५४ वर्षीया सन्जु खाती खड्काको मृत्यु भएको हो । मृतक खड्का प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत चिकित्सक हुन् ।
दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बसमा सवार ६ जनाको मेडिकल कलेज कोहलपुर अस्पतालमा उपचार जारी छ ।
Leave a Reply