Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्रीको भारत भ्रमण : तीन वटा परियोजनाको शिलान्यास हुने

    प्रधानमन्त्रीको भारत भ्रमण : तीन वटा परियोजनाको शिलान्यास हुने

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 876
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणमा गएको बेला तीन वटा परियोजनाको शिलान्यास गर्ने भएका छन् ।

    बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने परियोजनाको  शिलान्यास गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।



    नेपालगञ्जमा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) को उद्घाटन पनि त्यहीबाट संयुक्त रुपमा गर्ने तयारी भइरहेको छ ।



    त्यसैगरी, झापा बोर्डरमा एकीकृत जाँच चौकीको पनि शिलान्यास गरिने तयारी भइरहेको बताइएको छ ।

    भारतको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको जहाजमार्फत भोलि त्यसतर्फ प्रस्तान गर्ने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार