Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – सांसद विकास कोष योजना हैन बाध्यता हो

    प्रधानमन्त्री प्रचण्डले भने – सांसद विकास कोष योजना हैन बाध्यता हो

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 882
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसद विकास कोष योजना नभएर बाध्यता भएको बताएका छन् ।

    सिंहदरबारस्थित नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘सांसद विकास कोष हाम्रो योजना होइन तर बाध्यता भयो, तर यसलाई कार्यविधि बनाएर व्यवस्थित गरिन्छ ।’



    प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सन्तुलित रहेको बताए ।

    सोमबार प्रस्तुत भएको बजेटमा सांसद विकास कोषका लागि बजेट छुट्याइएपछि आलोचना भइरहँदा यसबारे प्रधानमन्त्री प्रचण्डले यस्तो बताए ।

    यसैबीच प्रधानमन्त्री दाहालले भारत भ्रमणको क्रममा सकेजति राम्रो गर्ने र यसमा सकारात्मक सम्भावना रहेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार