Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भारतीय सञ्चारमाध्यमका सामाग्रीप्रति फाउण्डेशनद्वारा निन्दा

    भारतीय सञ्चारमाध्यमका सामाग्रीप्रति फाउण्डेशनद्वारा निन्दा

    अनलाइन नेपाल
  • शनिबार, २७ असार २०७७
  • 1.9K
    SHARES

    काठमाडाैँ । मदन भण्डारी फाण्डेशनले केही भारतीय सञ्चारमाध्यमले नेपाल र नेपालका प्रधानमन्त्रीका बारेमा कपोलकल्पित सामग्री प्रसारण गरेकामा निन्दा गरेको छ ।

    नेकपाका अध्यक्ष एवं फाण्डेशनका संरक्षक ओली र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलाई व्यक्तिगतरूपमा जोडेर उछालिएका सामग्रीले कूटनीतिक मर्यादा र पत्रकारिताको मूल्य मान्यतामा आघात पुगेको फाउण्डेशनको भनाइ छ ।



    फाण्डेशनका सचिव पेम्बा लामाले आज विज्ञप्ति जारी गरी त्यस्ता दुर्नियतपूर्ण, कपोलकल्पित र आक्षेपपूर्ण समाचारको सम्बन्धमा समयमै कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिनका लागि कडा कदम चाल्न सरकारसँग आग्रह गरिएको छ ।



    नेपालका आम सञ्चारमाध्यमलाई नेपाल र नेपालीको स्वाभिमान, स्वाधीनता र राष्ट्रियताको पक्षमा ठोस कदम चाल्नसमेत आग्रह गरिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार