Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड नेपाल एयरलाइन्समार्फत बुधबार दिउँसो १ बजे भारत जाने

    प्रधानमन्त्री प्रचण्ड नेपाल एयरलाइन्समार्फत बुधबार दिउँसो १ बजे भारत जाने

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 525
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भ्रमणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जाने भएका छन् ।

    उनी बुधबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फतर्फ प्रस्थान गर्ने समय तालिका तय भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।



    भ्रमण दलमा परराष्ट्रमन्त्री एनपी साउन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलगायत मन्त्री एवं परराष्ट्र, ऊर्जा, उद्योगसचिवसहितको प्रतिनिधिमण्डल रहने बताइएको छ ।



    परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री मोदीसँग नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध क्षेत्रका विषयमा विस्तृत छलफल हुने जनाएको छ ।

    प्रधानमन्त्रीका रूपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो । तर, द्विपक्षीय औपचारिक भ्रमण भने तेस्रो हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार