Online Nepal
  • आइतबार, २० असोज २०८१
  • उर्जामन्त्री बस्नेतलाई ठाकुर गैरेले भने – भारतीय संसद्को नक्साबाट लुम्बिनी हटाउन भन्नुहोला

    उर्जामन्त्री बस्नेतलाई ठाकुर गैरेले भने – भारतीय संसद्को नक्साबाट लुम्बिनी हटाउन भन्नुहोला

    बस्नेतले भने - नेपाल सरकारको नोटिसमा छ

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 612
    SHARES

    काठमाडौं। नेकपा एमालेका सांसद ठाकुर गैरेले भारतको संसद् भवनको नक्सामा नेपालको भुमी समेटेको विषयमा कुरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    सांसद गैह्रेले पूर्वाधार विकास समितिको बैठकमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई ध्यानाकर्षण गराएका हुन् ।



    बैठकमा सहभागी मन्त्री बस्नेतलाई उनले भारतले आफ्नो संसद् भवनको नक्सामा नेपालको लुम्बिनी राखेको जानकारी गराउँदै क्रममा त्यसबारे नेपालको तर्फबाट आफ्नो कुरा राख्न आग्रह गरे ।



    जवाफमा मन्त्री बस्नेतले भारतीय संसद भवनको नक्सा नेपाल सरकारको नोटिसमा रहेको बताएका छन् । मन्त्री बस्नेतले भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको विषयमा जानकार भएको बताए ।

    भारतको बिहारमा पनि त्यही नाम गरेको ठाउँ रहेको भन्ने भारतीय पक्षको कुरा रहेको बताउँदै सांसद गैह्रेले राखेको कुरामा भारतीय पक्षलाई राख्ने प्रतिबद्धता जनाएका छन् ।

    यस विषयमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि टिप्पणी गर्दै भारतीय नेतृत्वले स्पष्ट पार्नु पर्ने बताएका थिए । समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि बनाउने विषयमा सांसदहरूले छलफल गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार