Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि प्रतिवादीहरूको बयान लिइने

    नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि प्रतिवादीहरूको बयान लिइने

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 639
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरुको आज पनि बयान लिइने भएको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीहरूको बयान हुन लागेको हो ।

    ठगी, किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र‌ संगठित अपराधको अभियोगमा मुद्दा दर्ता भएको छ । उक्त मुद्दामा शुक्रबार दुई र आइतबार तीन जनाको बयान भइसकेको छ‌ ।



    पक्राउ परेका मध्ये १२ जनाको अझै न्यौपानेको इजलासमै बयान हुनेछ । प्रकरणको बयान र थुनछेकमै कम्तीमा दुई साता लाग्ने बताइएको छ ।



    प्रकरणमा जोडिएका पूर्वउपप्रधान र पूर्वगृहमन्त्रीसहित १७ जनालाई पक्राउ गरेको छ । १३ जना भने फरार छन् ।

    नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध बुधवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार