Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • भारतीय च्यानल बन्द गरिएपछि आपत्तिजनक अभिव्यक्ति दिने डाक्टर प्रहरी नियन्त्रणमा

    भारतीय च्यानल बन्द गरिएपछि आपत्तिजनक अभिव्यक्ति दिने डाक्टर प्रहरी नियन्त्रणमा

    अनलाइन नेपाल
  • शनिबार, २७ असार २०७७
  • 3.8K
    SHARES

    चितवन । चितवनको भरतपुर अस्पतालमा काम गर्ने एक चिकित्सकले आपत्तिजनक अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले चासाे देखाएकाे छ। भरतपुर अस्पतालको मेडिसिन विभागमा कार्यरत डा. ऋतुराज तिवारीले नेपालमा भारतीय समाचार च्यानल बन्द भएपछि एक आपत्तिजनक भिडियो रेकर्ड गराएका थिए ।

    जुन अहिले समाजिक सञ्जालमा भाइरल भइरहेकाे छ। उनले अश्लील शव्द प्रयोग गर्दै हिन्दी भाषामा ‘भारतले सीमा बन्द गरिदिए … खान्छौ नेपाली ? तिमीहरुलाई चीनले … दिन्छ की, जापानले दिन्छ ?’ भनेका छन् ।



    आपत्तिजनक अभिव्यक्ति दिएकाले डा. तिवारीलाई चितवन प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएकाे छ । विवादास्पद छविका डा. तिवारी गत असार १ गतेबाट दैनिक ज्यालादारीमा काम गर्ने गरी भरतपुर अस्पतालमा नियुक्त भएका थिए । उनीबारे थप छानविनका लागि जिल्ला प्रशासन कार्यालयमा लेखेर पठाइने अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार