कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित बसपार्क क्षेत्रबाट सोमबार १० जना जुवाडे पक्राउ परेका छन् ।
वडाबाट खटिएको प्रहरी र जिल्लाको संयुक्त प्रहरी टोलीले गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
भिमदत्त नगरपालिका–४ बसपार्क स्थित लालबहादुर चौधरीले सञ्चालन गरेको होटलबाट पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा भिमदत्त नगरपालिका –११ का वडा अध्यक्षसमेत रहेका प्रकाश थापा, भिमदत्त नगरपालिका–३ का धिरज चन्द, भिमदत्त नगरपालिका– ४ का सन्जु रानामगर, भिमदत्त नगरपालिका– १८ का नारायन चन्द, भिमदत्त नगरपालिका –१ का राकेश साउँद, देवराज नाथ, शेर सिँ विष्ट, धर्मराज भट्ट र हर्क बोहरा रहेका छन् ।
उनीहरुको साथबाट नगद १ लाख ५६ हजार दुई सय ९५ रुपैँया सहित ६ थान तास बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।
Leave a Reply