काठमाडौं । सरकारले गुट्का र सुर्ती प्याक गर्दा प्लास्टिक प्रयोग गर्न नपाइने नीति ल्याएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१को बजेट वक्तव्य प्रस्तुत गर्दै अन्तःशुल्क लाग्ने सुर्ती तथा गुट्खाजन्य पदार्थको प्याकिङ गर्दा जैविक पदार्थबाट मात्रै गर्न पाउने घोषणा गरेका हुन् ।
महतले २०८१ वैशाख १ गतेदेखि अनिवार्य रूपमा जैविक रूपमा सडेर जाने जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइने बताए ।
हाल गुट्खा र सुर्ती प्लास्टिकमा प्याक हुँदै आएको छ ।
Leave a Reply