काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छ ।
दिवा खाजा कार्यक्रमका लागि आठ अर्ब ४५ करोड विनियोजन गरिएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले दिवा खाजामा ‘जङ्क फुड’ दिन नपाइने व्यवस्था गरेको बताए ।
स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने समेत अर्थमन्त्रीले बताए ।
दिवा खाजाका लागि ८ अर्ब ४५ करोड रकम छुट्याएको सरकारले ३२ लाख विद्यार्थी लाभान्वित हुने अनुमान गरेको छ ।
Leave a Reply