Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बजेट भाषण

    प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जन गर्ने सरकारको घोषणा

    प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जन गर्ने सरकारको घोषणा

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 522
    SHARES

    काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने घोषणा गरेको छ ।

    आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले सो घोषणा गरेका हुन् ।



    सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि पाँच अर्ब ९४ करोड बजेट विनियोजन गरेको छ। यो कार्यक्रमको पुनर्संरचना गरिने पनि अर्थमन्त्री महतले घोषणा गरे। युवालाई मुलुक भित्रै अर्थतन्त्रमा आवद्ध गराउन बजेट केन्द्रित रहेको अर्थमन्त्री महतले बताए।



    अर्थमन्त्री महतले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड बजेट छुट्याइएको जानकारी दिए । केपी शर्मा ओली नेतृत्वको सरकाले आर्थिक वर्ष २०७५र७६ बाट अघि सारेको यो कार्यक्रम अहिलेसम्म प्रभावकारी हुन सकेको छैन।

    न्यूनतम एक सय दिनको रोजगारी नपाएका १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई रोजगारी प्रदान गर्ने गरी यो कार्यक्रम अघि सारिएको थियो। सो नसके ५० दिनको पारिश्रमिक बराबर निर्वाह भत्ता उपलब्ध गराउने बताइएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार