काठमाडौं । सरकारले २५ हजारलाई लालपूर्जा वितरण गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै ११० स्थानीय तहका २५ हजारलाई लालपूर्जा वितरण गर्ने बताएका हुन् ।
अर्थमन्त्री महतले जग्गाहरु वितरणमा सरकारले आयोग निर्माण गरी काम गर्ने बताए।
भूमिहीनहरुलाई राज्यले सहयोग गर्दै यस्तो जमिन पहिचान गरेर दिने उनको भनाई छ ।
Leave a Reply