काठमाडौं । आसन्न आर्थिक वर्षमा करिब १२ खर्ब ८० अर्ब २५ करोड बजेट चालु खर्चतर्फ विनियोजन हुने भएको छ।
सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले संघीय संसदमा उक्त कुरा बताएका हुन्।
उनले उच्च ब्याजदर, पुँजीगत खर्च नबढेको, समष्टिगत मागमा कमी आएका कारण अर्थतन्त्र समस्यामा आएको बताए ।
संरचनात्मक तथा केही नीतिगत समस्या रहेको र रुस–युक्रेन युद्धले आपूर्तिमा असर गरेको उनको भनाइ छ ।
Leave a Reply