Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२३’ मा एकसाथ ६ विजेता घोषित

    ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२३’ मा एकसाथ ६ विजेता घोषित

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । १२औँ ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२३’मा एकसाथ ६ विजेता घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा ‘मिनि गर्ल’, ‘मिन ब्वाई’, ‘लिटिल गर्ल’, ‘लिटिल ब्वाई’, ‘टिन गर्ल’ र ‘टिन ब्वाई’ गरेर एकसाथ ६ विजेता घोषित भएका हुन् ।

    प्रतियोगितामा ‘मिनि गर्ल’तर्फ एलभिरा महर्जन विजेता चुनिँदा प्रनवीश्री सिंह फस्ट रनरअप, मेलिसा मल्ल सेकेन्ड रनरअप, क्रिभा बज्राचार्य थर्ड रनरअप भए । त्यसैगरी ‘मिनि ब्वाई’ तर्फ ओजस राज श्रेष्ठले शीर्ष उपाधि चुम्दा यही प्रतियोगितामा क्रमशः विभत्सु उपाध्याय, सक्षम थापा, जोसेफ पराजुली फस्ट रनरअप, सेकेन्ड रनरअप र थर्ड रनरअप भए ।



    त्यस्तै ‘लिटिल गर्ल’ तर्फको उपाधि भने दर्शना संग्रौला हात पारिन् । यही प्रतियोगितातर्फ आनिया शाक्य फस्ट रनरअप, संमृद्धि केसी सेकेन्ड रनरअप, मानष्भी तुलाधर थर्ड रनर अप भए । ‘लिटिल ब्वाई’तर्फ सम्यक श्रेष्ठ विजेता घोषित हुँदा आदित्य अधिकारी, विभूषण केसी, नयन बानियाँ क्रमशः फस्ट रनरअप, सेकेन्ड रनरअप र थर्ड रनरअप बन्न सफल भए ।



    छटिन गर्ल’ श्रीज्ञा महर्जनले उपाधि प्राप्त गरिन् । यही प्रतियोगितामा युरेका रिजाल फस्ट रनरअप, जोरुफा फुयाँल सेकेन्ड रनरअप भए । ‘टिन ब्वाई’तर्फको उपाधि भने स्वरूप केसीले हात पारे । यही प्रतियोगितामा प्रत्युस ढकाल र आरोज्ञ गिरी क्रमशः फस्ट रनरअप, सेकेन्ड रनरअप भए ।

    रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा सम्पूर्ण देवापाटे (प्रिन्सिपल हेड अफ एकडेमिक्स, माछापुन्छ्रे आइबी वर्ल्ड स्कुल), नेहरु जोशी (आइबिपीवाइपी कोअडिनेटर जिनियर्स आइबि वर्ल्ड स्कुल), आकाश श्रेष्ठ (हेड अफ मार्केटिङ एण्ड कम्युनिकेसन युनिग्लोव स्कुल प्रोफेसनल एजुकेटर्स लिमिटेड), अमन हिटाङ (फाउन्डर प्रिन्सिपल संस्कार गुरुकुल), अशोक पाण्डे (प्रिन्सिपल अफ सेमरक निस्ट स्कुल) निर्णायक रहेका थिए ।

    बालबालिकाको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए । फैजु एक दशकभन्दा बढी समयदेखि गुणस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएका छन् ।

    ७ वर्षदेखि १५ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु आफैँले गरेका थिए भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार