Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – जनताको जीवनस्तरमा सुधार नआएसम्म गणतन्त्रको औचित्य पुष्टि हुँदैन

    प्रधानमन्त्री प्रचण्डले भने – जनताको जीवनस्तरमा सुधार नआएसम्म गणतन्त्रको औचित्य पुष्टि हुँदैन

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 645
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य प्रमाणित नहुने बताएका छन् ।

    सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवसको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले संविधान र कानूनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रूपमा गर्न सक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो नहुने बताए।



    प्रधानमन्त्री प्रचण्डले जनताको जीवनस्तरलाई यथाशीघ्र माथि उकास्ने प्रतिवद्धतासाथ कर्म क्षेत्रमा जुट्नुपर्ने खाँचो रहेको उल्लेख गरे।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘ठूलो संघर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील छ। नेपाली जनताले पटक पटक नागरिक हक अधिकार प्राप्तिका लागि गरेको संघर्ष केवल गणतन्त्र र राजनीतिक स्वतन्त्रता प्राप्तिका लागि मात्र सीमित थिएन। राजनीतिक परिवर्तनमार्फत् देशको आर्थिक र सामाजिक अवस्था सुधार गरी नेपाललाई समृद्ध र समुन्नत मुलुकका रूपमा स्थापित गर्ने पनि यसको उद्देश्य थियो।’

    प्रचण्डले जनताबाट चुनिएका जनप्रतिनिधिहरूबाट आज देशको शासनप्रणाली सञ्चालित भइरहेको उल्लेख गरे। उनले नेपाली जनताको आर्थिक, सामाजिक र साँस्कृतिक रूपान्तरण यो व्यवस्थाको अभिष्ट भएको दाबी गरे।

    संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको उनको भनाई छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार