Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – भारत भ्रमणका विषयमा सकारात्मक सुझाव आए, देशको हितलाई केन्द्रमा राख्छु

    प्रधानमन्त्री प्रचण्डले भने – भारत भ्रमणका विषयमा सकारात्मक सुझाव आए, देशको हितलाई केन्द्रमा राख्छु

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 432
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न दलका नेताहरुसँग छलफल गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्व प्रधानमन्त्री लगायत सरोकारवालासँग सुझाव लिएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्र मन्त्री र पूर्व राजदूतहरूले आफ्नो भारत भ्रमणका क्रममा राष्ट्र हितका बारेमा सकारात्मक सुझाव दिएको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘भारत भ्रमणका बारेमा पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्र मन्त्री सबै दलका नेताहरू र विज्ञहरूको सुझाव लिने क्रम चलिरहेको छ ।पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुको टिप्पणी सुनेँ । अरू सुझाव आउँदै छ ।’

    प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म आएका सुझाव सकारात्मक रहेको भन्दै राष्ट्रको हितमा के गर्नुपर्छ भनेर सुझावहरू आएको बताए । छलफलमा सहभागी नेताहरुले भने सीमाका विषयमा देखिएको विवाद समाधानका लागि प्रयास गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका थिए ।

    प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, बाबुराम भट्टराई, लोसपा अध्यक्ष महन्थ ठाकुर, रास्वपा सभापति रवि लामिछाने परराष्ट्रमन्त्री एनपी साउद, पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रकाश चन्दै लोहनीसंग छलफल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार