काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालको विधान मस्यौदा पारित भएको छ।
मस्यौदा समितिले तयार पारेको विधानको मस्यौदा आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको हो।
बैठकले पार्टीको राजनीतिक समिति र केन्द्रीय समितिको बैठक असार ९ गते बस्नेगरि आह्वान समेत गरेको छ।
प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार विधान अधिवेशन असार १०, ११ र १२ गर्ने निर्णय भएको छ ।
Leave a Reply