काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा २.१६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन्।
सरकारले बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने लक्ष्य राखेको थियो ।
उनले वस्तु आयातमा भएको सङ्कुचन र समग्र मागमा आएको सुस्तताले स्रोतमा समेत सङ्कुचन आएर वित्तीय व्यवस्थापनमा समस्या आएको बताए ।
Leave a Reply