काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्तले राष्ट्रियसभाको गरिमा कायम हुन नसकेको भन्दै गुनासो गरेका छन् ।
आइतबार संघीय संसद्को संयुक्त बैठकमा बोल्दै उनले राष्ट्रियसभा उपेक्षामा परेको बताएका हुन् ।
राष्ट्रियसभालाई परिपक्क र स्थायी प्रकृतिको सभा भनिएपनि नेतृत्वबाट सधै उपेक्षामा परेको भन्दै राष्ट्रियसभाको आवश्यकता नभएको महसुस भईरहेको भए खारेज गरिदिए हुन्छ भन्दै आक्रोश व्यक्त गरे ।
राष्ट्रियसभा सदस्य पन्तले भने, ‘यो राष्ट्रियसभा ठिक छ चाहिन्छ आवश्यकता छ भने यसलाई राख्ने हो, चाहिँदैन आवश्यकता छैन भन्ने केही नेताहरूलाई लाग्छ भने खारेज गरिदिए हुन्छ ।’
उनले भाषणमा मात्र राष्ट्रियसभालाई माथिल्लो सभा भन्ने तर यसको औचित्य पुष्टि हुने क्रियाकलाप चाहीँ हुन नसकेको उल्लेख गर्दै राष्ट्रियसभाको औचित्य र आवश्यकता छ भने यसको गरिमा र मार्यादालाई कायम राख्न आवश्यक रहेको बताए ।
Leave a Reply