Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नेपालमा बाढीपहिरोले पुर्याएको क्षतिप्रति भारत र पाकिस्तानद्वारा दुःख व्यक्त

    नेपालमा बाढीपहिरोले पुर्याएको क्षतिप्रति भारत र पाकिस्तानद्वारा दुःख व्यक्त

    अनलाइन नेपाल
  • शनिबार, २७ असार २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपालमा बाढीपहिरोले पुर्याएको मनाविय क्षतिप्रति भारत र पाकिस्तानले दुःख व्यक्त गरेका छन् ।

    पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरैशीले सामाजिक सञ्जालमा ट्वीट गरेर दुःखको घडीमा नेपाली जनताको साथमा रहेको बताएका छन् ।



    विदेशमन्त्री कुरैशीले ट्वीटरमा लेखेका छन्, ‘बाढी र पहिरोले उत्पन्न संकटप्रति हामी नेपाली जनताप्रति समवेदना व्यक्त गर्दछौं । हामी नेपाली जनताको साथमा छौं र प्रभावित परिवारका लागि प्रार्थना गर्दछौं ।’



    यसैगरी नेपालस्थित भारतीय दूतावासले पनि ट्वीट गर्दै नेपालका बिभिन्न जिल्लामा बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

    ‘सिन्धुपाल्चोकलगायत नेपालका बिभिन्न जिल्लामा बाढी र पहिरोको कारण भएको जनधनको क्षतिप्रति दुःखी छौं,’ भारतीय दूतावासले लेखेको छ, ‘आफन्त गुमाएका परिवारप्रति समवेदना र प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दछौं ।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार