Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • सञ्चारमन्त्री शर्माले भनिन् – प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा सानो प्रतिनिधिमण्डलमात्रै जान्छ

    सञ्चारमन्त्री शर्माले भनिन् – प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा सानो प्रतिनिधिमण्डलमात्रै जान्छ

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 411
    SHARES

    काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको अन्तिम तयारीमा रहेको जनाएको छ ।

    आइतबारको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रमणको तयारी अन्तिम चरणमा पुगेको बताएकी हुन् ।



    सञ्चारमन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण टोली छरितो र सानै आकारको हुने बताईन् ।



    सञ्चारमन्त्री शर्माले भनिन्, ‘भ्रमणका एजेन्डाहरू मन्त्रालयले तयार पारिरहेका छन्। अन्तिम९अन्तिम चरणमा पुगेको छ। खासगरी ऊर्जासँग सम्बन्धित विषय छ। कैयन् कुराहरू समेट्ने तयारी छ। सीमासँग सम्बन्धित विषयहरू पनि छन्। सरसफाइसँग सम्बन्धित विषय छन्। विषयबारे निर्णयचाहिँ भइसकेको छैन।’

    सञ्चारमन्त्री शर्माले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा को-को जाने भन्ने अहिलेसम्म नटुंगिएको जानकारी दिइन् । उनले सोमबार मन्त्रिपरिषदु्को बैठक बसेर एजेन्डा तय गर्ने पनि उनले जानकारी दिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार