Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • वर्षाका कारण बाढी पहिरो: २५ जनाको मृत्यु, ५७ बेपत्ता

    वर्षाका कारण बाढी पहिरो: २५ जनाको मृत्यु, ५७ बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, २७ असार २०७७
  • 5.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । मुलुकभर तीन दिनदेखिको लगातारको वर्षापछि आएको बाढी पहिरोमा २५ जनाको मृत्यु भएको छ । ५७ जना बेपत्ता छन् । कास्की, सिन्धुपाल्चोक, लमजुङ, म्याग्दी लगायत जिल्लामा बाढी र पहिरोले धनजनको क्षति पुर्‍याएको हो ।

    गृहमन्त्रालयअन्तर्गत विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलका अनुसार बिहीबार सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा बाढी र पहिरोमा परी २ जनाको भएको थियो भने मृत्यु २१ बेपत्ता भएका थिए । बाढीले १६ घर बगाएको थियो ।



    यस्तै शुक्रबार कास्की, लमजुङ, म्याग्दी, जाजरकोट लगायत ८ जिल्लामा आएको प्रकोपमा २३ जनाको मृत्यु, ३६ बेपत्ता र २६ घाइते भएका छन् । प्रमुख कार्यकारी पोखरेलका अनुसा यो मानवीय र भौतिक क्षति विवरण शुक्रबार अपराह्नसम्मको हो ।



    विपदमा परी घाइते भएकाको उपचार, बेपत्ताको खोज तथा उद्धार र मृतकको पहिचान गर्ने काम भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार