Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बायर्नले जित्यो जर्मन बुन्डेसलिगाको उपाधि

    बायर्नले जित्यो जर्मन बुन्डेसलिगाको उपाधि

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 567
    SHARES

    एजेन्सी । बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ ।

    हिजो भएको अन्तिम लिग खेलमा कोल्नलाई २–१ गोलले हराउँदै बायर्न च्याम्पियन बनेको हो । बायर्नले लगातार ११औँ पटक बुन्डेसलिगाको उपाधि जित्न सफल भयो ।



    बायर्न सन् २०११र१२ को सिजनपछि लगातार च्याम्पियन हुँदै आएको छ । बायर्नको यो ३२औँ बुन्डेसलिगा उपाधि पनि हो ।



    जितसँगै बायर्नले ३४ खेलमा ७१ अङ्क जोडेर च्याम्पियन बन्यो । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको पनि ७१ अङ्क नै छ । तर, गोल अन्तरले बायर्न च्याम्पियन बनेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार