काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व र दलहरुको कमजोरीको कारणले जनतामा असन्तुष्टि र निराशा बढिरहेको बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा शनिबार प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले देश अप्ठ्यारामा जाने हो कि भन्ने भएको बताए ।
‘संविधानसभाको निर्वाचन गरेर नयाँ संविधान निर्माण गर्दै थियौं। त्यतिबेलाको जनताको भरोसा र हामीप्रतिको आशा अहिले विचलित हुँदैछ। र कहीँ न कहीँ असन्तुष्टि र निराशा बढ्दो छ। त्यसले कतै अराजकतातिर जाने र देश अप्ठ्यारोतिर जाने त होइन ? भन्ने चिन्ता पनि हामी सबैलाई भएको छ’, उनले भने।
Leave a Reply