Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • सरकारले भ्रष्टाचारविरुद्ध एक्सन अगाडि बढाइसक्यो : प्रधानमन्त्री प्रचण्ड

    सरकारले भ्रष्टाचारविरुद्ध एक्सन अगाडि बढाइसक्यो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १३ जेष्ठ २०८०
  • 588
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयभित्र भ्रष्टाचारविरुद्ध ठुला-ठुला एक्सन हुने दावी गरेका छन् ।

    प्रेस सेन्टर नेपालको १९ औँ साधारणसभा एवं २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘हामी नेतृत्वमा बसेको दिनदेखि अपमानित गर्ने र घेराबन्दी गर्ने कसरत भइरहेको छ । तर पनि हामी ति घेरालाई छिचोल्दै यो बिन्दुसम्म आइपुगेका छौ । सामाजिक न्याय सुशासन र समृद्धि नै हाम्रो मुख्य लक्ष्य हो । हाम्रा अगाडी चुनौतीपूर्ण अवसर छ । तर जतिसुकै घेराबन्दी भए पनि विकृति र भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प हामीसँग छैन ।’



    प्रधानमन्त्री प्रचण्डले जतिसुकै ठुलो घेराबन्दी भए पनि विकृति र भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प नभएको बताए ।

    आन्दोलनमा भएका सङ्घर्ष, त्याग र बलिदानका कारण आज सत्ताको नेतृत्व गर्ने अवस्थामा पुगेको स्मरण गर्दै उनले सत्ताको नेतृत्व गरेको दिनदेखि आफूविरुद्ध विभिन्न तत्त्वहरूले घेराबन्दी गर्ने काम सुरु गरेको बताए ।

    यसबीचमा जनतालाई एउटा नयाँ आन्दोलन र अभियानको सुरुवात भएको अनुभूत हुन थालेको प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमन्त्री प्रचण्डले सहितका सपना पुरा गर्नका लागि पनि आफुहरुले अन्तिम लडाई लड्नै पर्ने अवस्था आएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार