Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • पशुपतिको जलहरीबारे प्रधानमन्त्री प्रचण्डले संसदमा सम्वोधन गर्ने

    पशुपतिको जलहरीबारे प्रधानमन्त्री प्रचण्डले संसदमा सम्वोधन गर्ने

    अनलाइन नेपाल
  • शनिबार, १३ जेष्ठ २०८०
  • 627
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथको जलहरीबारे प्रतिनिधिसभामा सम्बोधन गर्ने भएपछि एमालेले अवरोध नगर्ने भएको छ ।

    प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध नगर्ने सहमति भएको हो ।



    माओबादी केन्द्रका सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने पनि समझदारी भएको छ।



    बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री केपी ओली यसमा नजोडिने स्पष्ट पारेका थिए ।

    सरकारले पेस गरेको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यसूची रहे पनि माओवादी सांसद लेखनाथ दाहालले बुधबार दिएको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार