काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राजदूतसँग जोडेर आपत्तिजनक र काल्पनिक भिडियो बनाएर प्रसारण गर्ने भारतीय टेलिभिजन च्यानल जी न्यूजले क्षमायाचना गरेको छ ।
सो भिडियो र अन्य काल्पनिक समाचार बनाएर नेपालको बदनाम गरेपछि नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएको छ । त्यसपछि जी न्यूजमाफी मागेको छ । जी न्यूजले भनेको छ, ‘भुलवस केही सामग्रीले कसैको भावनामा ठेस पुगेमा हामी गल्ति स्वीकार पनि गर्छौं ।
हाम्रो च्यानलबाट ‘ओलीका इश्किया’ शिर्षकमा प्रशारित सामग्रीले नेपालका जनताको भावनामा चोट पुगेकोमा हामी दुख व्यक्त गर्न चाहन्छौंं । हामीलाई नेपाली दर्शकको माया प्राप्त भइरहने विश्वास छ ।’ तर, जी न्यूजले उक्त सामग्री यूट्यूबबाट हटाएको छैन ।
Leave a Reply