Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता

    स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 687
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत स्वदेश फिर्ता भएका छन्। उनी आज (शुक्रबार) बिहान स्वदेश फिर्ता भएका हुन्।

    स्विट्जरल्यान्डको जेनेभामा भइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को ७६औँ महासभामा सहभागी हुन मन्त्री बस्नेतसँगै मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटासहित ६ जनाको समूह जेनेभा गएको थियो।



    मन्त्री बस्नेतले जेनेभामा रहँदा नेपालको स्वास्थ्य क्षेत्रसम्बन्धी काम गरिरहेका विभिन्न मित्रराष्ट्रहरू, दाताहरू तथा सम्बद्ध निकायसँग भेट गरेको बताईएको छ ।



    महासभा यही १६ गते मे ३० सम्म हुनेछ। तर बजेटका कारण उनी महासभा नसकिँदै स्वदेश फर्किएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार