पोखरा । गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ल्याउने बजेटको सिद्धान्त र प्राथमिकता सार्वजनिक गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री जीतप्रकाश आलेमगरले आगामी आर्थिक बर्ष २०८०-०८१ को विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता शुक्रबार संसदमा प्रस्तुत गरेका छन् ।
आगामी आर्थिक बर्षको अनुमानित कर प्रस्तावबाहेक आर्थिक मामिला मन्त्री आलेले पेश गरेको उक्त प्रस्तावमाथि छलफल गर्न प्रदेशसभा बैठकले स्वीकृत गरेको छ ।
उक्त प्रस्तावमाथि जेठ १४ र १६ गते बस्ने प्रदेशसभा बैठकमा छलफल हुनेछ ।
Leave a Reply