एजेन्सी । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश जर्मनीमा आर्थिक मन्दी सुरु भएको छ ।
सन् २०२३ को पहिलो तीन महिनामा जर्मनी अर्थतन्त्रमा शून्य दशमलव ३ प्रतिशतको गिरावट आएको पनि त्यहाँको संघीय तथ्यांक कार्यालयले दोस्रो त्रैमासमा पनि कुल गार्हस्थ उत्पादन अघिल्लो त्रैमासको भन्दा तल जाने प्रक्षेपण गरेपछि मन्दी घोषणा गरिएको हो ।
लगाततार दुई वटा त्रैमासमा कुल गाहस्र्थ उत्पादमा गिरावट आयो भने मन्दीको रुपमा लिने गरिन्छ ।
जर्मनी अर्थमन्त्री क्रिस्टियान लिण्डरले देशको अर्थतन्त्रमा आश्चर्यजनक नकारात्मक संकेतहरु देखिएको बताउनु बताए ।
Leave a Reply