Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • जब संसद बैठकमा सांसदहरूले नै गरे कुटाकुट…

    जब संसद बैठकमा सांसदहरूले नै गरे कुटाकुट…

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 726
    SHARES

    एजेन्सी । बोलिभियामा संसद बैठक चलिरहेको बेला सांसदहरूले कुटाकुट गरेको भिडियो सार्वजनिक भएको छ ।

    मन्त्री एडुआर्डो देल कास्तिलोले सान्ता क्रुज क्षेत्रका गभर्नर लुइस फर्नान्डो कामाचोलाई कैद गरिएको विषयमा संसद्समक्ष धारणा राख्दै गर्दा झगडा भएको हो ।



    कास्तिलो बोल्दै गर्दा विपक्षी सांसदहरूले देशमा लोकतन्त्र मरेको भन्ने सन्देशसहितको प्लेकार्ड बोकेका थिए । उनीहरूले देल कास्तिलोलाई आतंकी मन्त्रीको संज्ञा दिइएको तस्वीर पनि बोकेका थिए ।



    सरकारसमर्थक सांसदहरूले ती प्लेकार्ड खोस्न खोज्दा २० जना जति सांसदहरूले एकअर्कालाई मुक्का प्रहार गरेका थिए । झगडामा कुनै पक्ष घाइते भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार