काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जेठ १७ गते छिमेकी मुलुक भारत भ्रमणमा जाने भएका छन् ।
संघीय संसद्मा बजेट वक्तव्य पेस गरेलगत्तै प्रधानमन्त्री प्रचण्ड २० गतेसम्मका लागि भारत भ्रमणमा जान लागेको स्रोतले वताएको छ ।
परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयसँग सहकार्य गरेर प्रचण्डको भ्रमण जेठ १७ देखि २० सम्म गर्न गृहकार्य गरिसहेको छ ।
चारदिने भ्रमणलाई मध्यनजर गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयले गृहकार्यलाई तीव्रता दिएका छन् । वैशाखमा भ्रमणको तयारी गरिए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री प्रचण्डको भ्रमण रोकिएको थियो । प्रधानमन्त्री दाहाल जेठ १७ मा नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।
सोही दिन प्रधानमन्त्री दाहालले भारतकी राष्ट्रपति द्रौपती मुर्मूसँग भेट्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार जेठ १९ मै प्रधानमन्त्री दाहाल मुम्बई जाने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड जेठ २० गते काठमाडौं फर्कने बताइएको छ ।
प्रधानमन्त्री दाहाललाई भारतका विदेशमन्त्री एस. जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोबलले स्वागत गर्ने कार्यक्रम छ । जेठ १८ मा मोदी र दाहालबीच हैदराबाद हाउसमा भेटवार्ता हुने वताइएको छ।
Leave a Reply