काठमाडौं । गृहसचिव भएको आठ महिनामै तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको खातामा ८५ लाख जम्मा भएको खुलेको छ ।
नक्कली भुटानी शरणर्थी प्रकरणमा नीतिगत नेतृत्व गरेको अभियोग लागेका सचिव पाण्डेलाई अभियुक्त केशव दुलालले सवा करोड बुझाएको बयान अख्तियारप्राप्त अधिकारीसमक्ष दिएका छन् ।
पक्राउ परेका गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डेले मन्त्री बालकृष्ण खाँणलाई उनकै कार्यकक्षमा पुगेर आफूले एक करोड २४ लाख बुझाएको बयान दिएका छन् । मन्त्रालयमै आएर बिचौलियाले दिएको पैसा आफूले तत्कालै मन्त्री खाणलाई लगेर बुझाएको उनको लिखित बयानमा उल्लेख छ ।
तर, सचिव पाण्डेको खातामा भने ८४ लाख ९४ हजार ९ रुपैयाँ जम्मा भएको अनुसन्धानबाट खुलाइएको छ । पाण्डेले आफ्ना सुरक्ष गार्ड वरिष्ठ सई धर्मराज शाहीलाई सञ्चयकोष, नागरिक लगानी कोष र एभरेस्ट बैंकको खातामा जम्मा गर्न लगाएको अभियोगपत्रमा उल्लेख छ ।
२० वैशाखमा पक्राउ परेका पाण्डेले सुरुवाती बयानमा ठगी धन्दामा संलग्नताबारे इन्कार गरेका थिए । फम्र्याट गरेको मोबाइलको डेटा प्रहरीले रिकभर भएपछि बिचौलिया दुलाल र उनीबीचको ह्वाट्सएप च्याटबाट प्रहरीले धेरै सूचना पाएको थियो । च्याटमा पाण्डे र दुलालबीच पटक–पटक आर्थिक लेनदेनका विषयमा कुराकानी भएको पाइएको थियो ।
Leave a Reply